यी हुन् दुर्घटना भएको सौर्य एयरको जहाजमा सवार पाइलट र कर्मचारीहरु [सूचीसहित]


 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

सौर्य एयरलाइन्सले जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक गरेको हो ।

क्याप्टेन एम.आर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए ।

अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य छन् ।

त्यस्तै, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका रहेका थिए । आरिफ भने विदेशी नागरिक हुन्।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्