निर्मला मृत्यु प्रकरणका मुख्य आरोपित बादशाह लुम्बिनीमा बने कांग्रेसबाट मन्त्री


 


बुटवल । बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका कुर्मीले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । उनीमाथि सम्पत्ति हिनामिना गरेको आरोप पनि छ ।

कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुन् ।

कुर्मीसहित लुम्बिनी प्रदेशमा बिना विभागीय ८ जना मन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्