तोलामा ११०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


 


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको हो।

अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । बुधबार सुनसँगै चाँदी पनि महँगिएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्