पूर्वमन्त्रीविरुद्ध सिआइबीद्वारा सम्पत्ति शुद्धीकरण मुद्दा


 


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एक पूर्वमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

अपहरण मुद्दामा जेल परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सिआइबीले सरकारी वकिलमार्फत सोमबार मुद्दा दायर गरेको हो ।

अपहरण गरेर फिरौती असुलेको रकम शुद्धीकरण गरेको कसुरमा उनलाई मुद्दा दायर भएको हो । अपहरण मुद्दामा दोषी ठहर भएका गुप्तालाई १० वर्ष कैद सजाय भएको थियो ।

उनकै योजना व्यवसायी पवन कुमार संघाईको २०६८ सालमा अपहरण भएको थियो । अपहरण गरी उनले ८५ लाख रुपैयाँ फिरौती लिएका थिए ।

फिरौती लिएकै दिन जयमाता दी सुनचाँदी पसलबाट १७ लाख ३० लाख बराबरको सुन खरिद गरेको अनुसन्धानमा पुष्टि भएको थियो । गुप्ताविरुद्ध ८५ लाख बिगो र उनका दुई सवारी साधन जफतको माग गरी मुद्दा दायर भएको हो ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्