रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


 


काठमाडौँ, साउन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक भोलि (विहीबार) बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्