लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए सपथ


 


बुटवल साउन ९ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज (बुधबार) प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् ।

मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेको बताइएको छ ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्