काठमाडौँ उपत्यकामा हैजाको जोखिम


 


काठमाडौँ, साउन ९ । काठमाडौँ उपत्यकामा हैजाको जोखिम देखिएको छ ।

मंगलबार ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएपछि उपत्यकामा खोजिम देखिएको हो ।

हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।

त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्