काठमाडौँ उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान


 


काठमाडौं, साउन ९ । सरकारले आजदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ ।

काठमाडौँको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि सरकारले बुधबारदेखि शुक्रबारसम्म तीन दिन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाडौँको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो।

जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई यस अवधिमा पोलियो खोप लगाइने परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारुी दिए

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्