लुम्बिनीमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?


 


बुटवल । लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ ।

सता गठबन्धनमा एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् ।

ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । एमालेले पुराना र २ नयाँ अनुहार पठाउने तयारी गरेको छ।

आज मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरूले बिना विभागीय जिम्मेवारीमा शपथग्रहण गर्ने छन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डामा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्