लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज सपथ लिँदै


 


काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

बिहान साढे ८ बजेलाई शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको थियो । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्