फुटबल प्रशिक्षक खड्काको निधन


 


धनगढी, साउन ९ । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ ।

धनगढीस्थित आफ्नै घरमा मंगलबार बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका ५९ वर्षीय खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्कघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्