इथियोपियामा पहिरोमा परी २ सय जनाभन्दा बढी मानिसको मृत्यु


 


एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको संख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् ।

पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि आर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षति भएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्