लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन


 


बुटवल । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता परिवर्तन गरेको छ ।

बहुमत सदस्य सांसदको बैठकले प्रदेशसभा सदस्य बहुमत सदस्य सांसदको बैठकले राजकुमार चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको हो ।

पार्टीले संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । अहिले प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ ।

पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्