भारतले नेपाललाई दियो १ सय ७९ रनकाे विशाल लक्ष्य


 


काठमाडौं । श्रीलंकामा जारी एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपाललाई १७९ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरिन ।

हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन् ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्