मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक


 


काठमाडौं, ८ साउन । मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट सो सूची छनोट गरिएको हो ।

गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तकभित्र राखेको छ ।

यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्