कांग्रेसका लामा बागमतीको नयाँ मुख्यमन्त्री


 


काठमाडौं, ८ साउन । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री भएका छन् ।

उनलाई एमालेका (२७) र कांग्रेसका (३७०) गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्