वुमन्स एसिया कप टी–२० प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले बलिङ गर्ने


 



काठमाडौं । श्रीलंकामा जारी वुमन्स एसिया कप टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल केही बेरमा सुरु हुँदैछ । नेपालले टस जितेर बलिङ रोजेको छ ।

आजको खेलमा पराजित भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपालले यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको थियो । यूएईविरुद्ध ६ विकेटको जीत हात पारेको नेपालले पाकिस्तानविरुद्ध ९ विकेटको पराजय भएपछि सेमिफाइनल यात्रा कठिन बनेको छ । भारतलाई जितेर मात्रै नेपाललाई पुग्दैन । पाकिस्तानको भन्दा राम्रो रन रेट बनाउनुपर्ने हुन्छ ।

यदि भारतले प्रस्तुत गरेको लक्ष्य नेपालले १० ओभरभित्रै पछ्याएको खण्डमा मात्रै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित हुनेछ । अन्यथा नेपाल घर फर्किनु पर्नेछ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्