कांग्रेस सांसद थिङको दुखेसो – कानुनमा स्नातक गरेँ, तर पनि मन्त्री बन्न योग्‍य भइनँ !


 


काठमाडौं । नेपाली कांग्रेसबी सचेतक सुशिला थिङले नवगठित मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै प्रश्न गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक थिङले यस्तो बताएकी हुन् । उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाएको बताइन्।

सचेतक थिङले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्रमात्रै हो। म कानुनमा स्नातक गरेकी छु, सामाजिक शास्त्र (सोसियोलोजी)मा स्नातकोत्तर गरेको छु। तर म कहिल्यै योग्य भइनँ। तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन। त्यसकारण हामी महिलाहरू कहिलेसम्म समानुपातिकको कोटामा दर्ज हुने हो। हामीलाई कहिलेसम्म समान बनाउने हो?’

उनले जति पढेको मानिस भएपनि मन्त्री बन्नलाई महिला योग्य नभएको भन्दै आफ्नै उदाहरण दिइन्।

उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्