एआईजीमा सिफारिस भएर पनि बढुवा नभएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश


 


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा नभई अवकाश पाएका डीआईजी पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईजी बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ गरेको थियो । आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्