२४ करोडभन्दा बढीको कन्डम आयात


 


काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोडभन्दा बढीको कन्डम आयात भएको हो । यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ ।

यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्