बागमती प्रदेशमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम


 


हेटौंडौं । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।

एमालेले प्रकाश श्रेष्ठ, अमन मास्के, प्रेम भक्त महर्जन र किरण थापा मगर, कृष्ण सिलवाल र सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।

गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्