छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ


 


जनकपुरधाम । सिराहामा छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो ।

घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिराहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्