गाउँपालिका अध्यक्षसहित १० जना जुवाखालबाट पक्राउ


 


काठमाडौँ, साउन ८ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्