कालीगण्डकी नदीले बगाउँदा एक बालक बेपत्ता


 


बागलुङ, साउन ८ । कालीगण्डकी नदीमा पौडिन गएका एक बालक बगेर बेपत्ता भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–१ लेवाङ घरभई आफन्तलाई भेट्न पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा आएका १४ वर्षीय सन्तु पुनलाई सोमबार कालिगण्डकी नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

साथीसँगै कालिगण्डकीमा पौडिन गएका सन्तुलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले बताए ।

उर्लिंदो भेलमा पौडिएर कालीगण्डकी नदि तर्न खोज्दा सन्तुलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्