माओवादीले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन


 


सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन् । माओवादीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूले पनि सोमबार नै राजीनामा दिइसकेका छन् ।

अब कर्णाली प्रदेशमा पनि केन्द्रकै समीकरणअनुसार एमाले–कांग्रेस सरकार निर्माण हुनेछ।

लुम्बिनीमा आज एमालेका चेतनाथ आचार्य मुख्यमिन्त्र नियुक्त भए ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्