सेयर बजार २ अंकले बढ्दा १३ अर्बमाथिको कारोबार


 


काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४८८.०९ विन्दुमा उक्लिएको छ ।

सोमबार दिनभरीको तीव्र उतारचढावकाबीच २४८८ अंकमा रोकीएको हो । तर, कारोबार भने १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको भएको छ ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ।

शिवम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको र कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

११५ कम्पनीको सेयर मूल्य बढ्दा आज १२१ कम्पनीको घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्