यो सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला


 


काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए ।

तथापि, चुनौतीहरु आउन सक्ने बताए । चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने सचेतक बर्तौलाको भनाई छ ।

देशबासीले वर्तमान सरकारबाट धेरै अपेक्षा गरेको गरेको उनले बताए ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्