पूर्वराज्यमन्त्री राय हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न राप्रपाको माग


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । गए राति सर्लाहीस्थित घरमा रायको हत्या भएको थियो।

राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य, तराई-मधेस क्षेत्रको लोकप्रिय नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्