दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु


 


दाङ, साउन ७ । मोटरसाइकलको ठक्करबाट दाङको लमहीमा एक बालिकाको मृत्यु भएको छ ।

लमहीबाट भालुबाङतर्फ गइरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले आइतबार राति लमही नगरपालिका–१ नर्तीमा ठक्कर दिँदा स्थानीय १० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

चौधरीले बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार लमही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक गढवा गाउँपालिका-२ महदेवा निवासी २९ वर्षीय अपिल शर्मा घाइते छन् । उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्