पूर्व राज्यमन्त्री रायको घरभित्रै हत्या


 


जनकपुरधाम, साउन ७ । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको घर भित्रै हत्या भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

उनको हत्या भएको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीले पुगेर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्