बागमतीको मुख्यमन्त्रीमा आज काँग्रेसका लामाले दाबी पेश गर्दै


 


काठमाडौं, साउन ७ । बागमती प्रदशेसभामा आज (सोमबार) नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेसँगै एमालेको समर्थनमा लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै राजीनामा दिइसकेका छन् । उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।

नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले सोमबार बिहान बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्न लागिएको कांग्रेस सांसद रामकृष्ण चित्रकारले जानकारी दिए ।

लामाको नियुक्ती भने मंगलबार साँझ ५ बजेपछि मात्रै हुनेछ । सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्