आज नेकपाका नेता पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै


 


काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरि पुष्पलालको स्मृति दिवस मनाउन लागेका हुन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्