प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने


 


काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ ।

प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन् ।

संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्