राष्ट्रपतिको दौडबाट पछि हटे बाइडन, कमला ह्यारिसलाई समर्थन


 


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् ।

उनले राष्ट्र र पार्टी हितको लागि आफूले आगामी चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गर्नुभएको बीबीसीले जनाएको छ ।

बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताएका छन् ।

अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ । आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्र दवाब बढेको थियो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उहाँले पार्टीको प्राइमरी इलेक्सन जितेर आउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्