एसबिआई बैङ्कले पायो ‘नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२४’


 


काठमाडौं, ६ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट नेपाल एसबिआई बैङ्क सम्मानित भएको छ ।

बैङ्कले बैङ्किङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैङ्किङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोेमा आईक्यानले बैङ्कलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो । काठमाठौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णू पौडेलले नेपाल एसबिआई बैङ्कका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई सो अवार्ड प्रदान गरेका थिए ।

नेपाल एसबिआई बैङ्कले एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखा रहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ सय २१ एटिएमबाटसेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्