एनएमबी बैङ्कले घोषणा गर्यो प्रतिस्पर्धी घर कर्जा


 


काठमाडौं, ६ साउन । एनएमबि बैङ्कले एनएमबी होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिङ्ग ब्याजदर उपलब्ध गराएको छ ।

एनएमबी होम लोनको साथ, ग्राहकहरूले फ्लोटिङ्ग दरको लचिलोपनको आनन्द लिन सक्ने बैङ्कले जनाएको छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् ।

घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैङ्क प्रतिबद्ध छ ।

एनएमबी बैङ्कले हाल देशभरी २ सय १ शाखा, १ सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्