इशान अस्पतालमा बीच ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई स्वास्थ्य सेवामा छुट


 



काठमाडौं, ६ साउन । ग्लोबल आइएमई बैङ्क लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैङ्कका ग्राहकहरुलाई अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट दिने सहमती भएको छ ।

उक्त समझदारीमा बैङ्कका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गर्नुभएको छ । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो । यस सम्झौता अनुसार, अस्पतालले बैङ्कका डेबिट/क्रेडिट कार्ड एव्म बैङ्कको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

अस्पतालले बैङ्कका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरू डायगोनेस्टिक, ओ.पी.डीलगायत सेवाहरू साथ–साथ आकस्मिक सेवामा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्