बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा


 


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका छन्।

आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेले पदबाट राजीनामा दिएका हुन् ।

विश्वासको मत लिन प्रस्ताव दर्ता गराए पनि दुई ठूला दल मिलेपछि संसदलाई सम्बोधन गर्दै उनले राजीनामा दिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतको लागि ५६ सांसदको मत अनावश्यक पर्छन् ।

तर ३७ सिटको कांग्रेस र २७ सिटको एमालेले नयाँ समीकरण बनाउँदै छन् ।

अब बागमतीमा एमालेको समर्थनमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दैछन् ।

कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्