तोलामा १३०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


 


काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्