कांग्रेसलाई नयाँ बनाउन पार्टीभित्रका कमजोरी सुधार गर्नुपर्छ : महामन्त्री थापा


 


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्नुपर्ने बताएका छन् ।

४२ औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए ।

महामन्त्री थापाले कांग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्