बागमतीको मुख्यमन्त्रीमा लामालाई अघि सार्ने कांग्रेसको निर्णय


 


काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सारेको छ ।

आज हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन्।

आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । त्यस्तै कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ ।

योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ ।

योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा छन्।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्