कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु


 


पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

गाडीको ठक्करले गम्भीर घाइते परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

कारका चालक पोखरा–१७, डेमसाइड निवासी ३० वर्षीय सुशील दहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्