राप्रपा संसदीय दलको बैठक बस्दै


 


काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । बैठक आइतबार विहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्