प्रधानमन्त्रीलाई विश्वासको मतदान नदिने एकीकृत समाजवादीको निर्णय


 


काठमाडौं, साउन ६ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा आज (आइतवार) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्वीप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्