महिला एसिया कप : आज नेपालले पाकिस्तानविरुद्ध खेल्दै


 


काठमाडौं, साउन ६ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुँदैछ ।

पहिलो जितले उत्साहित नेपाल बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिनेछ भने पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ । यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान र यूएई छ ।

अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्