पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प


 


एजेन्सी, माघ ९

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको छ । नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्