सुनको भाउ बढ्यो


 


काठमाडौँ, माघ ९

आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार २ सय रहेकोमा आज हप्ताको पहिले दिन प्रतितोलामा २ सयले बढेर ५५ हजार ४ सयमा मा कारोबार भइरहेको छ । यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि बढेको छ ।

जसअनुसार शुक्रबार ५४ हजार ९ सय रहेकोमा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार १ सयमा कारोबार कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउपनि बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर आज ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्