प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्, उल्टै गरे यस्तो निर्णय


 


काठमाडौं, साउन ५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी ओलीको आदेशको अवज्ञा गरेका छन् ।

घिसिङले प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेका हुन् ।

शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । तर ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन नजोड्ने निर्णय गर्यो ।

यसअघि प्राधिकरणले १५ दिनमा डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई पत्र पठाएको थियो । तर, कुनै पनि उद्योगीले महसुल नबुझाएपछि प्राधिकरणले असार २५ गतेदेखि लाइन काट्न सुरु गरेको थियो ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्