देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक


 


काठमाडौं, साउन ५ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।

बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लगायतका निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्