त्रिशूलीमा बेपत्ता बस र शवको खोजी गर्न खटियो भारतीय उद्धार टोली


 


काठमाडौं, साउन ५ । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस नभेटिएपछि सरकारले उद्धारका लागि भारतको सहयोग मागेको थियो । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए ।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्